
राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच भेटवार्ता भएको छ । आज (मंगलबार) राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटघाटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
त्यस्तै फैसलले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

