ओलीले एमालेलाई कसैको वैशाखी र ढोडको लौरो टेक्नुपर्ने अवस्था नरहेको भनेपछि…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने बताएका छन् । आज (मंगलबार) पार्टीको भगिनी संस्था अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

चुनावमा गठबन्धनको सामना गर्न एमाले तयार रहेको भन्दै ओलीले चुनावमा पहिलो दल बन्ने दाबी गरे । उनले एमालेलाई कसैको वैशाखी र ढोडको लौरो टेक्नुपर्ने अवस्था नरहेको बताए । उनले एमालेलाई कसैको आवश्यकता नरहेको भन्दै एक्लै चुनावमा लडेर ६० देखि ७० प्रतिशत सिट जित्ने बताए ।



उनले भने, ‘हामी एक्लै ६० देखि ७० सिट जित्न सक्छौं, यसको लागि हामीले अरुको साहारा लिनुपर्दैन ।’ त्यस्तै उनले एमालेसँग एक्लै चुनाव लड्न गठबन्धन तर्सेको आरोप लगाए ।

सम्बन्धित समाचार