नवकान्तिपुर संवाददाता
काठमाडौं, १ चैत ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ८८४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ४ हजार ७३४ जनाको पीसीआर परीक्षण गर्दा ५७ जना र तीन हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १३० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६१ हजार ३४८ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ रहेको छ । जसमा ४ हजार ६७१ जना होम आइसोलेसनमा छन् भने ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३० संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ४४ र एन्टिजेन विधिबाट १ लाख ३९ हजार ९७६ जना पुगेको छ ।