
सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । संसदमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण राम्रोसँग चल्न सकेको थिएन । यद्यपि, एमालेको अवरोधकै बीच सभामुखले बैठक सञ्चालन गरेका थिए । अधिवेशनबाट अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भएको छ ।
त्यस्तै बैठकमा मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रस्तुत भएको थियो । संसद्को दशौँ अधिवेशन गत मङ्सिर २८ गते मङ्गलबारदेखि प्रारम्भ भई मङ्गलवारसम्म ९२ दिन चालु रह्यो । जसमध्ये १९ दिनमा ११ पटक बैठक बसी जम्मा सात घण्टा ५० मिनेट संसदीय काम कारबाहीमा व्यतित भएको संसद् सचिवालयले जनाएको छ ।

