प्रधानमन्त्री देउवा र प्रकाण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवर्ता भएको हो । प्रकाण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा गृहमन्त्री बालकृष्ण खाँड पनि सहभागी थिए । उनीहरुबीच केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयनबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ । त्यस्तै भेटवार्तामा एमसीसी सम्झौता बारेपनि छलफल भएको बुझिएको छ । उनीहरुबीच करिब दुई घण्टा छलफल भएको थियो । विप्लव नेतृत्वको नेकपा एमसीसीको विपक्षमा रहँदै यसको विरोध गर्दै आइरहेको छ ।



एमसीसी पारित भएसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक भेटघाटलाई महत्व दिएको छ । यसअघि पार्टीका महासचिव विपप्लव एमसीसीको विषयमा विरोध गर्दै आएका नेताहरुबीच भेटवार्ता गरेका थिए । स्थानीय निकायको निर्वाचन नजिकिदै जाँदा विप्लवका गतिविधि बढ्न थालेको छ ।

सम्बन्धित समाचार