खेलौना विमानसँगको प्रेममा पागल छिन् यी महिला

प्राय बच्चाहरु खेलौनासँग रमाउने गर्नु खासै अनौठो विषय होइन । तर, एक महिला खेलौना विमानसँगको प्रेममा पागल हुनु चैं एक अनौठो र रोचक विषय बन्न सक्छ । हंगेरीकी एक २८ वर्षीय महिला भने एक खेलौना विमानसँग प्रेममा पागल बनेकी छिन् ।

सान्ड्रा नाम गरेकी महिला आफू खेलौना विमानसँग पहिलो पटक वास्तविक प्रेम पाएको बताउँछिन् । सो विमान सान्ड्राकै शब्दमा उनीसँग भएको सबैभन्दा असल पार्टनर हो । असल प्रेमीकाको नाताले उनले विमानलाई के पो गर्दिनन् ? चुम्बन गर्छिन, हरेक दिन शुभ रात्री र शुभ बिहानीको कामना गर्छिन् ।



खेलौना विमानलाई सान्ड्रा लुफान्स भनेर बोलाउन रुचाउँछिन् । यी युवतीको विमानसँगको चक्कर जनवरीदेखि चलेको हो । त्यसलाई उनले । उनले त्यसलाई ६०० पाउन्डमा अनलाईनमा किनेकी हुन् । ‘योसँग किन माया बस्यो मलाई नै पत्तो छैन् । यसलाई केबल म माया गर्छु,’ उनी भन्छिन्, ‘उ सुन्दर छ । उ मेरो आत्मीय साथी हो । बिहान उठ्ने बित्तिकै म उसलाई हेर्छु । सुत्नुअघि मैले दर्शन गर्ने अन्तिम पनि यही हो ।’

मिररमा प्रकाशित एउटा रिपोर्टअनुसार सान्ड्रा पहिलो पटक तीन वर्षको उमेरमा प्लेन देखेकी थिइन् । किशोरावस्थामा विमानमा काम गर्ने सपना देखेकी थिइन् । उनले सन् २०२१ मा उड्यन क्षेत्रमा काम गर्ने अवसर पाइन् । तर, गत वर्ष काम छोडेपछि खेलौना विमानसँगको सम्बन्धमा जोडिइन् ।

 

सम्बन्धित समाचार