नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ चैत ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रुपैयाँ रहेकोमा बुधबार रु ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ३०० रहेकामा बुधबार प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको मूल्य भन्दा २० रुपैयाँ बढ्दै एक हजार ३९० मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ३७० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत बुधबार १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।