माधव नेपालले खिसिट्युरी गर्ने तत्त्वको हरिबिजोग चुनावमा देखिने भनेपछि…

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने बताएका छन् । आज (बिहीबार) फागु पर्वका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले कलमले ‘कमाल’ गर्ने दाबी समेत गरेका छन् । उनले भने, ‘खिसिट्युरी गर्ने तत्त्वको हरिबिजोग त्यही वेलामा थाहा हुनेछ । त्यस्ता घमन्डको पोको भएको रावणको नास भएजस्तै, होलीका दहन भएजस्तै त्यस्ताहरुको दहन हुनेछ ।’ नेपालले राष्ट्रियसभाका दुईवटै चुनावमा कलमले कमाल गरेको भन्दै वैशाख ३० गतेको स्थानीय चुनावमा पनि कमाल गर्ने बताए ।



‘वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिनसक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्ने छ भन्ने विश्वास गर्दै गाउँगाउँ, टोलटोल, बस्तीबस्तीमा पुगौं । जनपरिचालन गर्ने काममा लागिपरौं । यो पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने छ’ नेपालको भनाइ छ । कार्यक्रममा नेपालले युट्युबरलाई जिम्मेवार बन्न सुझाव समेत दिएका छन् ।

 

 

 

 

सम्बन्धित समाचार