आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ६५४ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २२० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६१ हजार ७८१ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३७६ रहेको छ । जसमा ४ हजार ३०२ जना होम आइसोलेसनमा छन् भने ७४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २८ संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार १०७ र एन्टिजेन विधिबाट १ लाख ४० हजार २२ जना पुगेको छ ।

 

सम्बन्धित समाचार