
नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । आज (बिहीबार) बसेको सचिवालय बैठकले सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो ।
जसमा प्रदेश १ मा प्रमेश हमाल, मधेसमा जगन्नाथ खतिवडा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णाली प्रदेशमा डा वेदुराम भुषाल र सुदूरपश्चिममा रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ । सातै टोलीले पार्टीको सांगठनिक अवस्थाको विवरण केन्द्रमा गर्ने प्रचार विभागप्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
चुनावी तयारी, गठबन्धन र आगामी केन्द्रीय कमिटी बैठक राख्ने सम्बन्धमा केन्द्रीय सचिवालय बैठकले स्थानीय चुनाव सम्बन्धमा ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने नारा तय गरेको खतिवडाले जानकारी दिए । टोलीले सबै प्रदेश, पालिका र वडाको ‘रिपोर्टिङ’ गर्नेछ ।

