प्रधानमन्त्री देउवाद्वारा खिम्ती पावर सब–स्टेसनको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती सब स्टेसनको उद्घाटन गरेका छन् । आज (शनिबार) रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ (मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सब स्टेसनको उद्घाटन गरेका हुन् ।

सब स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरूको विद्युत् प्रणालीमा जोडिएको छ । सो सब–स्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही लाइनलाई २२०–१३२ केभी, १०० एमभिएको ट्रान्सफर्मर भई १३२ केभी प्रसारण लाइनबाट काठमाडौं पनि जोड्नेछ ।



सबस्टेसनमा २२०/१३२ केभी, ३३ दशमलव ३३ एमभीए क्षमताको चारवटा पावर ट्रान्सफरमरहरु जडान गरिएको छ । करिब १३७ रोपनी क्षेत्रफल रहने सवस्टेसन क्षेत्रमा हाल करिब ५५ रोपनीमा २२०/१३२ केभी नयाँ खिम्ती सवस्टेसन निर्माण भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा सबस्टेसनको उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार