स्रोत नखुलेको नगद सहित कुमाल पक्राउ

कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार