प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, के आउँला निर्णय ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (आइतबार) दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकले समसामयिक विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि देउवाले आजका लागि बैठक बोलाएका हुन् । त्यस्तै बैठकको एजेन्डाबारे केही जानकारी आएको छैन ।



बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा पनि छलफल हुनसक्ने स्रोतले बताएको छ । आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार