
हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (सोमबार)देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन\चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी भू-भागको एक वा दूई स्थानमा मेघगर्जन \चटयाङ को सम्भावना रहेकोहुनाले आवश्यक अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
