चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते नेपाल आउने (विज्ञप्तिसहित)

चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत ११ गते नेपाल भ्रमण आउने भएका छन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् ।

आज (सोमबार) परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री वाङ चैत्र ११ गते नेपाल आउने जानकारी दिएको हो । विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।



त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच शनिवार द्वीपक्षीय वार्ता हुने छ । वाङ नेपालको भ्रमणपछि चैत्र १३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ।

विज्ञप्ति :

 

 

सम्बन्धित समाचार