
नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । आज (मंगलबार) उनी नेकपा एमालेमा प्रवेश गरेकी हुन् ।
एमालेका अध्यक्ष केपी ओलीले काठमाडौंको थापाथलीस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रम आयोजना गरी करिश्मालाई पार्टीमा स्वागत गरेका हुन् । बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट करिश्माले राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् ।
करिश्मा रातो सारीमा कार्यक्रमस्थल पुगेकी थिइन् । उनीसँगै नेकपा माओवादी केन्द्र पर्साका नेता बाबुराम कौशिक पनि एमालेमा प्रवेश गरेका छन् ।

