
नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बस्दैछ । आज (बुधबार) विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा बैठक बस्न लागेको हो ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डामा छलफल हुने जानकारी दिए ।
बैठक दुई दिनसम्म चल्ने एमालेले जनाएको छ । बैठकको एजेण्डाबारे गत चैत ७ गतेको बैठकले तय गरेको थियो ।

