विश्वकै छैटौँ प्रदूषित शहर बन्यो काठमाडौं

विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा काठमाडौँ छैटौँ स्थानमा रहेको छ । स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित राजधानीको छैटौँ नम्बरमा परेको हो ।

त्यस्तै भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो । यस्तै प्रदूषित देशहरुको सूचीमा नेपाल १० औं नम्बरमा रहेको छ । नेपाल विश्वका सबैभन्दा प्रदूषित देशहरुको सूचीमा नेपाल १० औं नम्बरमा परेको हो ।



त्यसैगरी देशको हिसाबमा भने सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलादेश, दोस्रोमा चाँद, तेस्रोमा पाकिस्तान , चौथोमा ताजकिस्तान, पाँचौमा अफगानिस्तान छैटौँमा ओमान, सातौंमा क्रिगिजिस्तान, आठौँमा बहराइन, नवौँमा बहराइन र दशौँ स्थानमा नेपाल रहेको छ । ११७ देशका ६ हजार ४७५ शहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदनले सन् २०२१ मा विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ । आक्युएयरले संग्रह गरेको तथ्यांकअनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषणसम्बन्धी मापदण्ड पूरा गर्न सकेनन्। सर्वेक्षण गरिएका शहरहरुमध्ये केबल ३ दशमलब ४ प्रतिशतले मात्र मापदण्ड पूरा गरेका थिए ।

 

सम्बन्धित समाचार