नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।
नेपालमा आज (बिहीबार) सुनको मूल्य ११०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ३०० रुपैयाँ रहेकोमा बुधबार रु ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० रहेकामा बुधबार प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बुधबारको भन्दा ५ रुपैयाँ बढ्दै एक हजार ३७५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार ३७० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।