नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । बुधबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति भएको बताएका छन् । त्यस्तै उनले विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु भने स्वाभाविक भएको बताए । भट्टराईले चुनावको मुखमा सत्ता स्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति/समूहको संगठित अभिब्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो। तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो! यसलाई सबैले रोकौं !’
बाबुरामको ट्विट :

