मृत अवस्थामा ६ जना फेला

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ स्थित बाग्मती नदीको ड्याममा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै तनहुँ, भिमाद नगरपालिका-८ भागर बस्ने ७५ वर्षीय नन्द बहादुर आले आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा सेती नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, तारकेश्वर नगरपालिका-९ मनमैजु लोकतान्त्रिक चोक बस्ने काभ्रे चिसापानी गाउँपालिका-२ घर भएका ७६ वर्षीय होम प्रसाद ढुङ्गाना सोही ठाउँ नसालचोकस्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यसैगरी काठमाडौं, टोखा नगरपालिका-६ ग्रिनल्याण्ड हरीयाली बस्ती डेरा गरी बस्ने सिन्धुली झ्यारी गाउँपालिका-३ घर भएका ४८ वर्षीया रुकु बोगटी आफ्नो डेरा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्ने कैलाली भजनी नगरपालिका-९ दोङपुर घर भएका ४० वर्षीय राम बहादुर चौधरी आफ्नै डेरा कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सोलुखुम्बु, नेचाल्यान गाउँपालिका-२ भुजेल गाँउ बस्ने २५ वर्षीया लिला राई आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार