नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपाली राजनीतिको २ होइन, ३ धार हुने बताएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस, कम्युनिस्ट र जसपा गरी ३ धार हुने जनाएका छन् । भट्टराईले कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार रहेको भन्दै कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार रहेको भनि टिप्पणी गरेका छन् । ‘अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो ! जसमा जसपा त्यसको भ्रूण हो !’ भट्टराईले ट्विटरमा उल्लेख गरेका छन् ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको २ होइन, ३ धार हुनेछ है ! कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ । कम्युनिस्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ । अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेशी लोकतान्त्रिक धार हो ! जसपा त्यसको भ्रूण हो !’
बाबुरामको ट्विट :

