चीनद्वारा पोखरा विमानस्थलको साँचो हस्तान्तरण

चीनद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

भेटमा परराष्ट्रमन्त्री नारायण खड्का पनि सहभागी थिए । सोही अवसरमा चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजनाको ९३ प्रतिशत काम सकिएको छ । यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच ९ वटा समझदारीपत्रमा हस्ताक्षार भएको थियो ।



चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गरेका थिए । त्यस्तै नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् ।

सम्बन्धित समाचार