चिनियाँ विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (आइतबार) नक्सालस्थित होटल मेरियटमा विदेशमन्त्री वाङ र ओलीबीच भेटवार्ता भएको हो ।

अध्यक्ष ओली चिनियाँ विदेशमन्त्रीलाई भेट्न होटल मेरियट पुगेका थिए ।  भेटवार्तामा अध्यक्ष ओलीसहित, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराई लगायतका नेताहरु सहभागी रहेका छन् । त्यस्तै उनले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि होटल मेरियटमै भेटवार्ता गर्नेछन् ।



भेटवार्तापछि उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत चैत ११ गते चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।

 

सम्बन्धित समाचार