नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आज (आइतबार) नक्सालस्थित होटल मेरियटमा विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटवार्ता भएको हो ।
अधय्क्ष प्रचण्ड चिनियाँ विदेशमन्त्रीलाई भेट्न होटल मेरियट पुगेका थिए । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङबीच पनि यही होटलमा भेटवार्ता भएको हो । त्यस्तै चिनियाँ विदेशमन्त्री वाङ आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्टपति निवास शितल निवास पुगेका थिए ।
भेटवार्तापछि उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ । गत चैत ११ गते चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल नेपालको तीनदिने भ्रमणका लागि काठमाडौं आएको थियो ।

