नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आज (आइतबार) बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गृहमन्त्री बीच भेटवार्ता भएको हो ।
गृहमन्त्री खाँण प्रचण्डलाई भेट्न उनकै निवास पुगेका थिए । भेटवार्तामामा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचन र मुलुकको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । सरकारले आगामी वैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा नेताहरुबीच छलफल भइरहेको छ ।

