सर्लाहीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

पूर्व- पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । आज (आइतबार) बिहान सवा ११ बजे वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस फुलजोर खोलाको पुलबाट खसेको हो ।

घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मृतक ४ जनाको शव पोस्टमार्टमका लागि मलंगवा पठाइएको प्रहरीले जनाएको छ । मृतक र घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।



बस अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार