स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित २ जना पक्राउ

महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । महोत्तरी, औरही नगरपालिका-१ औरहीस्थित सडकबाट श्रोत नखुलेको नगद ५५ लाख रुपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय धिरज कुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेक सहित फेला पारी पक्राउ गरेको हो ।



उनीहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर पठाइएको छ ।

सम्बन्धित समाचार