काँग्रेस केन्द्रीय समितिको बैठकले गर्यो यस्तो निर्णय

स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय

नेपाली काँग्रेसको केन्द्रीय समिति र शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । आज (मंगलबार) सम्पन्न भएको केन्द्रीय समिति र शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ११ गते शुक्रबारदेखि सुरु भएको थियो । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको जानकारी दिए । ‘पार्टीले गठबन्धनको पक्षमा नीतिगत निर्णय गरेको छ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धन हुने छ । त्यसका लागि सम्बन्धित निकायमा संयन्त्र बन्ने छ’ महतले भने ।



स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा काँग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने उनले बताए । त्यस्तै बैठकले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । बैठकले यसअघि फागुन ३० गते सम्पन्न काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णयहरु अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार