नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ ।प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (बुधबार) प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । प्रप्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना सम्भावना रहेको तथा तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

