सर्वाेच्च अदालतकाे न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त (विज्ञप्तिसहित )

राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वाेच्च अदालतकाे न्यायाधीशमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई मङ्गलवार सर्वोच्चकाे न्यायाधीश पदमा नियुक्त गरेकी हुन् ।

श्रेष्ठ अहिलेसम्म उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए । नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । यसअघि मंगलबार बसेको सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।



न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दै आएका छन् ।

विज्ञप्ति

सम्बन्धित समाचार