नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ चैत ।
‘धूम’, ‘हेराफेरी’, ‘गोलमाल’, ‘हंगामा; जस्ता हिट फिल्ममा काम गरिसकेकी अभिनेत्री रिमी सेनले भारत गोरेगाउँका व्यापारी रौनक जतिन व्यासविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । रौनकले लगानीको नाममा आफूसँग ४ करोड १४ लाख रुपैयाँ लिएको र अहिले त्यो रकम दिन अस्वीकार गरेको रिमीले आरोप लगाएकी छन् । प्रहरीले अहिले रौनकको खोजी गरिरहेको छ ।
रौनकले रिमीसँग मित्रता गरेको बताइएको छ । त्यसपछि रिमीले चाहेमा लगानी गर्न सक्ने कारखाना रहेको बताए । रिमीले ४.१४ करोड रुपैयाँ दिएकी थिइन् । केही महिनापछि रिमीले कति नाफा भयो भनेर सोधे तर रौनकले भनेनन् । रौनकको फ्याक्ट्री पनि नभएको रिमीले पछि थाहा पाईन् र रौनकले आफूलाई धोका दिएको बताइन् ।
प्रहरीले ४ करोड १४ लाख ठगी गरेको आरोपमा आईपीसीको धारा ४२० र ४०९ अन्तर्गत मुद्दा दर्ता गरी रौनकको खोजी सुरु गरेको छ । बलिउडमा डेब्यु गर्दा रिमीले धेरै हिट फिल्म दिएकी थिइन् तर पछि उनले सफलताको यात्रालाई अगाडि बढाउन सकिनन् । उनी बिग बोसको शोमा पनि देखा परेकी थिइन् तर यस शोमा उनी निरुत्साहित देखिइन् । अन्ततः उनी शोबाट बाहिरिइन् ।