मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले फागुन १७ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छर्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने , विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
अरुण जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छर्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय

नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैंक भर्चुअल माध्यमबाट गर्न स्वीकृत प्रदान गर्ने निर्णय

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय

नेपाल प्रहरीको ३ एआईजीमा बसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र कुमार धानुकलाई बढुवा र पदस्थापन गर्ने निर्णय

राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा (१) खण्ड (क) बमोजिमका ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय

न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय

आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी (दोस्रो संशोधन) मापदण्ड, २०७८ स्वीकृत गर्ने निर्णय

गोरखापत्रको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय

सम्बन्धित समाचार