मृत अवस्थामा ६ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । भोजपुर, अरुण गाउँपालिका-२ सिस्नेरी बस्ने ३४ वर्षीया टिकामाया थापा छिमेकीको घरको बरण्डामा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै सल्यान, बनगार कुपिण्डे नगरपालिका-२ बामेस्थित भेरी नदीको किनारामा जाजरकोट छेडागाड नगरपालिका-१३ बस्ने ४५ वर्षीय चन्द्र बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता ललितपुर, गोदावरी नगरपालिका-१२ ठेचोस्थित नख्खु खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-८ बलवास्थित बिहानकुण्ड पोखरीमा सोही ठाउँ बस्ने सबैला नगरपालिका-६ घर भएका ८० वर्षीय रघुवंश यादव बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता रुकुम (पश्चिम), मुसिकोट नगरपालिका-१४ छिबाङ बस्ने १९ वर्षीय मोहन वली घर नजिकै रहेको सुख्खा खोलामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तेह्रथुम, लालीगुँरास नगरपालिका-५ दागपा सिरीसेस्थित अलैची बारीमा छथर गाउँपालिका-६ बस्ने ६६ वर्षीय खुम बहादुर लिम्बु बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार