नवकान्तिपुर संवाददाता
काठमाडौं, २० चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत अवस्थामा फेला परेकी हुन् ।
त्यस्तै ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-७ बस्ने ५८ वर्षीया गोमा माया परियार सोही ठाउँस्थित लिखु नदीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यता बर्दिया, बारबर्दिया नगरपालिका-१० दथैया बस्ने केशब सिंह ठकुरीको छोरा १५ वर्षीय बिजय सिंह ठकुरी सोही ठाउँस्थित जुरपानी नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-३ सखरपुरा बस्ने लालु मुखियाको छोरा ५ वर्षीय निरज कुमार मुखिया सोही ठाउँस्थित डिहबार थान पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेपलाञ्चोक, पाचँखाल नगरपालिका-१३ शेराबेसीस्थित सुनकोशी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कपिलवस्तु, महाराजगंज नगरपालिका-२ बर्गदीघाट पुलमा कपिलवस्तु नगरपालिका-१२ वेलभारी बस्ने १८ वर्षीय सन्साद अली शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सल्यान, शारदा नगरपालिका-३ सिरुवार बस्ने ४७ वर्षीय राजन सेजुवाल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङ, बिराटनगर महानगरपालिका-४ डेरा गरी बस्ने सप्तरी बिष्णुपुर गाउँपालिका- १ घर भएका २६ वर्षीय बिजय कुमार यादव आफ्नै घरको कम्पाउण्डमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

