‘उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उइन उइन’ को स्थितिमा चुनावी तालमेल गर्ने सहमति भएको र यो सहमतिले सकारात्मक सन्देश दिएको बताएका छन् । आज (आइतबार) समाजवादी प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले आगामी निर्वाचनमा वामपन्थी र लोकतान्त्रिक शक्तिबीच मिलेर जानुपर्दछ भनी केही दिनअघि सहमति भएको बताए  । अध्यक्ष नेपालले वामपन्थी र लोकतान्त्रिक शक्तिले चुनावी तालमेल गर्ने सहमति भएपछि जनता उत्साहित भएको दाबी गरे । उनले चुनावमा जाने कुराका सन्दर्भमा हाम्रो पार्टी सबैसँग तयार भएर सबै ठाउँका कमिटीलाई निर्देशन पनि दिइसकेको बताए ।



‘हामीले नाराहरु तयार गरेको छौँ, कामका योजना अगाडि सारेका छौँ र कामको जिम्मेवारी प्रदान गरेका छौँ’, अध्यक्ष नेपालले भने, ‘विभिन्न दलबाट मिलेर जानुपर्दछ भनी प्रस्ताव पनि आइरहेको छ ।’ उनले पछिल्लो समय आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको जिकिर गरे । उनले भने, ‘समयको प्रवाह हाम्रो पक्षमा छ र यो देखेर सबै प्रतिगामी दिशामा लागेकाको प्रवृत्ति छताछुल्ल भएको छ ।’

सम्बन्धित समाचार