नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।
नेपालमा आज (सोमबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० रुपैयाँ रहेकोमा आइतबार रु ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० रहेकामा आइतबार प्रतितोला रु ९८ हजार ८०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य आइतबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार ३५० मा कारोबार भएको कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार ३६० मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ९१९ डलर आसपास कारोबार भैरहेको छ ।