सत्ता गठबन्धनको बैठक सुरु, के आउँला निर्णय ?

सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठक स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको हो । त्यस्तै बैठकमा तालमेलको मोडालिटी टुंग्याउनेबारे पनि छलफल हुने बताईएको छ । सरकारले आगामी वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा स्थानीय तहको निर्वाचन गर्दैछ ।



यसअघि चैत १७ गते बसेको बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धन गर्ने निर्णय गरेको थियो । बैठकले स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने निर्णय पनि गरेको थियो । आजको बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी लगायत गठबन्धनका शीर्ष नेताहरु बैठकमा सहभागी छन् ।

सम्बन्धित समाचार