नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । पाल्पा, बगनासकाली गाउँपालिका-५ राम्दि पुलमुनी कालीगण्डकी नदी किनारमा सोही गाउँपालिका-६ बस्ने ७१ वर्षीय खड्क बहादुर दर्जी बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै गोरखा, गोरखा नगरपालिका-६ स्थित बारीको पाटामा सोही नगरपालिका-९ लक्ष्मी बजार बस्ने ४० वर्षीया फूलमाया सिर्मल बुधबार मृत अवस्थामा फेला परेकी छन् । यता धनुषा, हंसपुर नगरपालिका-५ स्थित गहुँ खेतमा सोही ठाउँ बस्ने १८ वर्षीय विजय महरा बुधबार मृत अवस्थामा फेला परेका छन ।
यस्तै काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-९ दोलालघाटस्थित इन्द्रावती नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ जोरकुसुम पार्कस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी जाजरकोट, भेरी नगरपालिका-१२ बिष्णाचौरस्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

