कानुनमन्त्रीमा गोविन्द बन्दी नियुक्त, बडूलाई उद्याेग मन्त्रीकाे जिम्मेवारी (विज्ञप्तिसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा काेइराला (बन्दी)लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेका छन् । आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा अधिवक्ता गोविन्द बन्दीलाई  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनको आजै २ बजे सपथ लिने तयारी भईरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा बन्दीलाई नियुक्त गरेको विज्ञप्तिमा भनिएको छ ।



यसैगरी यसअघि कानुन मन्त्रालय सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्त गरिएको छ । बडूलाई हाल प्रधानमन्त्री देउवाले सम्हाल्दै आएको वाणिज्य मन्त्रालयमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार