नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ चैत ।
नेपालमा आज (शुक्रबार) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार ५०० रुपैयाँ रहेकोमा बिहीबार रु ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार रहेकामा बिहीबार प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य बिहीबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार ३५५ मा कारोबार भएको कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार ३४५ मा कारोबार भएको थियो ।
सुनको मूल्य गत फागुन २३ गते १ लाख ५ हजार ५०० रुपैयाँ पुग्दै कीर्तिमान बनाएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२८ डलर आसपास कारोबार भइरहेको छ ।