मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले फागुन २४ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने , सुन्दरीजलको सुरुङ नजिक किसुनजीको शालिक बनाउने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्ति गर्ने निर्णय

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त

श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासका न्यायधीश बासुदेव आचार्यलाई तोक्ने निर्णय

राजश्व न्यायधिकरण पोखराको कानुन सदस्य एवम् अध्यक्षमा उच्च अदालत पोखराका न्यायधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्ने निर्णय

बैदेशिक रोजगार न्यायधिकरणको अध्यक्षमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायधीश डा.रवि शर्मालाई तोक्ने निर्णय

सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायधीश महेश प्रसाद पुडासैनीलाई तोक्ने निर्णय

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाण सम्बन्धी ऐन, २०७२ को दफा २६ को उपदफा (२) बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालतका पाटनका न्यायधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने निर्णय

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्षमा प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाललाई र सदस्यमा केशवराज आचार्यलाई नियुिक्त तथा मनोनयन गर्ने निर्णय

रोजगारी अनुमति प्रणाली (इपीएस)मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्नै निर्णय

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल काठमाडौं र प्रा. भगवानदास मानन्धर मनोनयन गर्ने निर्णय

जेष्ठ नागरिकहरुलाई विशिष्ठ प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय

सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक र शिलापत्र राख्न स्वीकृत प्रदान गर्ने निर्णय

दक्षिण अफ्रिकाको डार्बनमा १ देखि ६ जेठ २०७९ मा आयोजना हुने फिट ग्लोवल कन्फ्रेन्स अफ इलिमिनेशन अफ चाइल्ड लेभर सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने निर्णय

विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ९ र भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्व विद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना निर्माणका लागि निर्माणस्थल तोक्ने निर्णय

हिदी खोला जलविद्युत आयोजना इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको राष्ट्रिय वन ४.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय

२०७९ साल वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रक्की माउण्टेन च्याम्पियनशीप २०२२ कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय

याक अनुवांशिक श्रोतकेन्द्र सोलुखुम्बुमा याक नाक चरणको लागि करिव १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय

लाठीनाथ ३३ केभी प्रशारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय

पश्चिम सेती कोरिडोर ४०० केभी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय

अमलेगञ्ज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय

बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गर्ने निर्णय

 

 

 

सम्बन्धित समाचार