नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।
काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । शुक्रबार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले एक निर्णय गर्दै काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि गरिएको हो ।
आगामी २०७९ वैशाख १ अर्थात् नयाँ वर्षदेखि लागू हुने गरी सरकारले भाडा बढाएको हो । सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडा अनुसार उपत्यकाभित्रको सार्वजनिक साधनमा ५ किलोमिटरसम्म रु २० , १० किलोमिटरसम्मको लागि रु २५ , १५ किलोमिटरसम्म रु ३० , २० किलोमिटरसम्मको रु ३३ र २० किलोमिटरभन्दा माथिको लागि रु ३८ निर्धारण भएको छ ।
त्यस्तै , ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । पेट्रोलियम पदार्थको मुल्यवद्धि भएपछि सार्वजनिक यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आन्दोलन गरेका थिए ।
नयाँ भाडादर