निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ ?, के गर्न पाइँदैन ? (पूर्णपाठसहित )

शुक्रबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । शुक्रबार आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचन आचारसंहिता लागू भएको जानकारी दिएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन सबै राजनीतिक दल, सुझाव तथा परामर्शमा स्वीकृत आचारसंहित २०७८ लागू भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आचारसंहिता, २०७८ आयोगबाट निर्णय गरेको आयोगका प्रवक्ता शर्माले बताए ।



प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता सबैलाई लागू हुने र यसको उल्लङ्घन कसैलाई क्षम्य नहुनेसमेत बताए । ‘निर्वाचन आचारसंहिता आजैका मितिदेखि लागू भयो । यो सबैका लागि लागू हुने हो। यसको उल्लङ्घन कसैलाई क्षम्य हुँदैन’, उनले भने । आचारसंहिता लागूभएसँगै वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक भएको छ । यसैगरी, योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदानका साथै निर्वाचनको कामबाहेक कर्मचारी सरुवा र पदस्थापनमासमेत गर्न नपाइने आयोगले जनाएको छ ।

आचारसंहिता अनुसार आयोगको अनुमतिबिना सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमण जना नपाउने भएका छन् । त्यस्तै, उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको तीन–तीन फिटको दलको झण्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान रहेको छ । त्यस्तै प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ  ।

निर्वाचन आचारसंहिता

 

सम्बन्धित समाचार