नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (शनिबार) एक सूचना जारी गर्दै गृह मन्त्रालयले आइतबार रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २४ गतेको निर्णय अनुसार भोलि आइतबार रामनवमीका अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।
‘चैत २७ गते आइतबार रामनवमीका अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/१२/२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना :

