नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार १५५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा २ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र एक हजार ३१६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६५ हजार ९८० जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६३७ रहेको छ । जसमा ६१३ जना होम आइसोलेसनमा छन् भने २४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११ संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ५६८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार १४९ जना पुगेको छ ।