नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । धनकुटा, चौबिसे गाउँपालिका-२ नाम्फुवा स्थित खोल्सीमा सोही गाउँपालिका नाम्फुवा बस्ने ६३ वर्षीय इन्द्र बहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै चितवन, भरतपुर महानगरपालिका-२९ सत्र किलोस्थित त्रिशुली नदी किनारमा तनहुँ देवघाट गाउँपालिका-४ बस्ने ५५ वर्षीय काम बहादुर भुजेल शनिबार मृत अवस्थामा फेला परेका छन् । यता बर्दिया, ठाकुरबाबा नगरपालिका-२ आमबासास्थित खेतमा सोही ठाउँ बस्ने ४१ वर्षीया सुक्मा बोटे शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै पर्सा, वीरगंज महानगरपालिका-१६ चालिसफिटे बगैँचामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित मानव सेवा आश्रममा आश्रमको हेरचाहमा बस्दै आएकी पर्सा घर बताउने करिब ३५ वर्षीया मिना बस्नेत आफ्नै सुत्ने ओछ्यानमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-२ भौसावारी बस्ने ३८ वर्षीया चन्द्रमाया तामाङ आफ्नै सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यता कैलाली, चुरे गाउँपालिका-१ गजाडी बस्ने ४५ वर्षीय शेर बहादुर सिंह आफ्नै सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेको छन् । यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीको किनारमा हाल नाम,थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यता काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ जगडोल बन कार्यालय नजिक जंगलमा काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने भोजपुर हतुवागढी गाउँपालिका-२ घर भएकी २७ वर्षीया निला राई बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

