एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले गर्यो यस्तो निर्णय (विज्ञप्तिसहित)

निर्वाचन परिचालन कमिटी गठन

स्थानीय तहको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादीको (चैत २६ र २७) शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणापत्रको मस्यौदा पनि पारित गरिएको महासचिव बेदुराम भुसालले जानकारी दिए । त्यस्तै बैठकले १ हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाएको हो । अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन् ।



बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरेको छ । यस्तै बैठकले सिफारिस एवं निर्णय प्रक्रिया, उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका र उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड निर्धारण गरेको छ ।

यस्तो छ स्थानीय निर्वाचनका लागि उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका:
वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने
पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने
जिल्ला कमिटीले आगामी वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने
प्रदेश कमिटीले आगामी वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गर्नुपर्ने
केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने

यस्तो छ उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड
पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको
पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको
पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ
आर्थिक एवं नैतिक आचरण राम्रो रहेको
जनतामा स्थापित एवं लोकप्रिय
स्वच्छ छवी भएको र सुशासनको पक्षपाति
कार्यक्षमता राम्रो भएको
समावेशीतालाई ध्यान दिने

विज्ञप्ति :

सम्बन्धित समाचार