राष्ट्रपतिद्वारा स्थानीय निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति (विज्ञप्तिसहित)

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको जानकारी दिएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति प्रदान गरेको ष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।



स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार