देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताएका छन् ।आज (बुधबार) तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पौडेलले देशको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे । जनप्रतिनिधि सुविधाभोगी हुन नहुने भन्दै वरिष्ठ नेता पौडेलले भने, ‘मैले कति सुविधा पाउँछु, मेरो कति उन्नति हुन्छ भन्ने सोच त्याग्नुपर्छ, देशको हितलाई मात्रै ध्यानमा राख्नुपर्छ ।’ उनले आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने जिकिर गरे ।



उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक समेत रहेका नेता पौडेलले राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता औँल्याए । सुन्दर सहर, सुखी जनता बनाउने अभियानका साथ चिन्तन गर्नुपर्ने जनाउँदै उनले विगतमा के गरियो भन्दा पनि अब के गर्ने हो त्यसतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए । राजनीति र विकासलाई सँगै अगाडि बढाउनुपर्ने जनाउँदैे गाउँमै जनतालाई बसुँ बसुँ बनाउनुपर्ने उल्लेख गरे ।रासस

सम्बन्धित समाचार